सुरक्षा सल्लाहकार बैरागीद्वारा सशस्त्र बलको निरीक्षण

| 2023 Aug 03 | 05:43 pm 3289

काठमाडौं, साउन १८ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

सल्लाहकार बैरागीले निरीक्षणका क्रममा राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्दै लगिनुपर्ने बताएका छन् ।

उनले सरोकारवाला निकायहरुबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताएका थिए ।

सशस्त्रले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आईरहेको जनाउदै सीमा सुरक्षा व्यवस्थापनमा अझबढी प्रविधि डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने समेत बताएका थिए ।

निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले प्रधान कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा काम कारवाहीहरुको जानकारी लिनुका साथै सशस्त्र प्रहरी बलको कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको समेत अवलोकन गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत बरिष्ठ अधिकृत तथा बाहिनी मुख्यालयका बाहिनीपतिहरुसँग प्रत्यक्ष भीडियो मार्फत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरुमा अन्तरक्रिया गरेका थिए ।

महानिरीक्षक राजु अर्यालले राष्ट्रहितको संरक्षण र नागरिकको सुरक्षामा आफुलाई समर्पित गर्न संगठनले हरेक पक्षबाट आपूmलाई बलियो रुपमा प्रस्तुत गरिरहेको उल्लेख गर्दै जिम्मेवारी अनुरुपको भूमिका निर्वाह गर्न थप जनशक्ति र श्रोतसाधन उपलब्ध गराउने कार्यमा रचनात्मक, पहलकदमी हुने कुरामा आशावादी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.