राैतहट, कार्तिक १९ । नेपाल स्वयंसेवक सं३ मधेस प्रदेश फोकल पर्सन पुजा पाठक तिमिल्सिनाले आफू र आफ्नो परिवारलाई धाकधम्की आएकोले जिउ धनको सुरक्षाका लागि पत्रकार सम्मेलन मार्फत स्थानीय प्रशासनलाई गुहारेकी छन् । तिमिल्सिनाले मेचिकाली बुहारी संयुक्त आवाज केन्द्रीय कार्यालय झापाले आफू माथि लगाएको आरोप झुठो भएको बताउँदै अध्यक्ष चन्द्रकला काफ्लेले आफूलाई मानसिक यातना दिएको बताएकी छन् ।
आइतबार रिपोर्ट नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै बुहारी संयुक्त आवाजकी मधेस प्रदेशको अध्यक्ष समेत रहेकी तिमिल्सिनाले केन्द्रीय अध्यक्ष काफ्लेले झापाबाट ठूलो संख्यामा मानिसलाई अपहरणशैलीमा नगरपालिका उपप्रमुखको कार्यकक्षमा जवरजस्ती २३ लाख ५० हजारको चेकमा हस्ताक्षर गराएको बताइन् । बुहारी संयुक्त आवाजले आफूलाई विधान विपरित कार्य गरेको भनि सार्वजनिक गरीएको सूचनाको कडा प्रतिवाद गर्दै अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता संचालन हुने हुँदा आफूलाई लगाइएको आरोप सरासर झुठो भएको बताएकी छन् । २०७७ सालदेखि संस्थाको हित बाहेक अन्य केहि नसोचेको बताउँदै तिमिल्सिनाले चिसो माैसममा गरीब, दलित, विपन्न तथा अपाङ्गहरुलाई वितरण गरीएको कपडाको नगरपालिकाले भुक्तानी नदिएको जान्दा जान्दै आफू माथि लगाइएको आरोप र गुण्डाशैलीले नगरपालिकामा लगेर जवरजस्ती आफ्नो निजी चेक कटाएको कुरा निन्दनीय भएको बताएकी छन् ।
आफूमाथी अन्याय भएको भन्दै न्यायालयको ढोका घचघचाउन पुगेकी तिमिल्सिनाको कार्तिक २२ गते साक्षी बकपत्र भएको बताउँछिन । अदालतमा बकपत्रका दिन जान नदिन डर धम्की आएको बताउँदै आफूले हाल अमेरिका रहदै आएकी तत्कालिन अध्यक्ष यमु शर्मा शुब्बाको निर्देशनमा काम गरेको समेत प्रष्ट्याएकी छन् । तिमिल्सिनाले आफ्नो निजि स्रोतबाट बुहारी संयुक्त आवाजको नामबाट महिला सेफ संचालन गरेको र आजिवन सदस्यबाट प्राप्त ५० हजार घरभाडा भुक्तान गर्ने बाहेक अन्य केही नगरेको पनि बताएकी छन् ।