काठमाडौं, फागुन २४ : नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले नेपालमा पछिल्लो समय आएका हेलिकोप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ।
अहिले हेलिकोप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै हेलिकोप्टर सेवाप्रदायकको सहमतिमै आज (शुक्रबार)देखि प्रत्येक हेलिकोप्टरबाट एक सिट हटाउन निर्देशन दिएको छ।
नेपालको हेलिकोप्टर उडानलाई सुरक्षित बनाउका लागि विभिन्न विषयमा छलफल भएको र तत्काल गर्नुपर्ने निर्णयमा हेलिकोप्टरका सिट हटाउने निर्णय गरिएको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए।
राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधा स्वरुप उपलब्ध सिटको दुरुपयोग भएको भन्दै पाइलट छेउको सिट हटाउन नियमक र सेवाप्रदायक सहमत भएका छन्।