काठमाडौँ, ०४ कार्तिक / अमेरिकामा जारी टी–२० आई सिरिजको दोस्रो खेलमा अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितसहित एक खेलअगावै सिरिजमाथि जित आफ्नो पोल्टामा पारेको हो
यससँगै नेपालले सिरिजका तीन खेलमध्ये दुई खेलमा विजय हासिल गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १७० रन जोडेको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाई १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।