सुन भन्‍दै पहेँलो धातु विक्रि गर्ने तीन भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 21 | 07:32 am 1265

लहान, पुस ६: सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.