सुन–चाँदीको मूल्य बढ्यो

रिपोर्ट नेपाल | 2025 Sep 19 | 11:54 am 673

काठमाडौँ ३ असोज / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँले बढेको महासंघले जनाएको छ।

संघका अनुसार बिहीबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख १६ हजार रूपैयाँमा कारोबार भएको छ।

बिहीबार दुई हजार पाँच सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार दुई हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.