सुन्दर यातायातलाई प्रधानमन्त्रीको शुभकामना

रिपोर्ट नेपाल | 2020 Sep 08 | 02:09 pm 3386

काठमाडौं, भदौ २३ः निजि क्षेत्रबाट विद्युतीय सवारी साधन संचालनमा ल्याएको सुन्दर यातायात प्रालिले आफ्नो पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

यातायात प्रथम वर्ष पूरा गरेकोमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निजि क्षेत्रबाट वातावरणमैत्री सार्वजनिक सेवा संचालन गरेकोमा सुन्दर यातायातलाई बधाई दिएका छन् ।

No description available.

प्रधानमन्त्री ओलीले शुभकामना वक्तव्यमा स्वदेशमा उत्पादित उर्जाबाट संचालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवर्द्धन गरी आयातित इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने उल्लेख गरेका छन् ।

त्यस्तै भौतिक पूर्वधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले पनि शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री नेम्वाद्वारा हस्ताक्षरीत शुभकामना वक्तव्यमा सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गरेर मुलुकको समृद्धी र आधुनिकिकरणको यात्रामा एउटा ईटा थप गरेको उल्लेख छ ।

No description available.

वक्तव्यमा सरकार विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै आयातित इन्धनको खपत कटौती गर्ने दिशामा अघि बढेको जनाइएको छ ।

सुन्दर यातायात प्रालिले प्रथम वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा जारी गरेको वक्तव्यमा कोभिड १९ को अवस्था सामान्य हुनासाथ नेपाल सरकारको मापदण्ड भित्र रही उपत्यका तथा देशका विभिन्न शहरमा विद्युतीय ट्याक्सी समेत संचालन गर्ने प्रतिबद्धता जनाएको छ ।

No description available.

No description available.

यातायातका अध्यक्ष भेषबहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा सुन्दर यातायात प्रालि व्यवसायीक कम्पनी भएपनि सामाजिक दायित्वमा समेत सकृय भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.