काठमाडौं, साउन ९ । माया पिरतीका भावनाहरुलाई गीतमा बुन्न सक्ने कला भएकी गीतकार तथा कवि सुनिता प्रसाईको रचनामा अर्को गीत “तिम्रै नजरमा” बजारमा आएको छ ।
प्रेममा परेका जोडीहरुको भावनालाई आँखा, मुटु र आत्माले महशुस गर्ने कुराको उठान गरिएको गीतलाई उत्कृष्ट संगित र आवाज विष्णु अधिकारीले दिनुभएको छ ।
कता कता श्रृङ्गारिक विधालाई छुन खोजेको आभाष दिलाउने गितलाई रचनाकार प्रसाईले नवजोडीहरुले प्रेममा पर्दा महशुस गर्ने कुरालाई उजागर गरेकी छिन ।
स्टुडियो भर्जनको यस गितलाई मिक्सिीङ र मास्टरीङ गर्ने काम सन्तोष पौडेलले गरेका छन भने क्यामरामा केशव विश्वकर्माले आफ्नो कौशल देखाएका छन् । गीत