सुनसरी तनावग्रस्त, थप तीन पालिकामा कर्फ्यू आदेश

| 2024 Apr 05 | 04:40 pm 945

काठमाडौँ २३ चैत / स्थिति असहज नहोस् भनेर सुनसरी जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।

बिहीबार भुटाहामा फरक समुदायका युवाहरूबीच झडप भएको थियो । झडपमा घाइते भएका जीवन मेहताको धरानमा उपचार भइरहेको छ । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने अनुमानका बीच अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा युवाहरुले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थिति असहज बनेको विश्लेषण प्रशासनको छ । सोही कारण युवाहरुमाथि आक्रमण भएको बुझिएको छ । प्रदर्शनमा बाहिरी जिल्लाबाट समेत मानिसहरु सहभागी हुन थालेको बुझाइ प्रशासनको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.