सुनसरी, माघ १९ आइतबार बिहान सुनसरीमा बस र हाईस ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
मृत्यु हुनेमा माइक्रो चालक धादिङ वैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीया गरिमा गौतम, झापा भद्रपुर घर भइ काठमाडौं बस्ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइराला रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिम दाहालले जानकारी दिए।
आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो इनरुवाको रामधुनी नगरपालिका तित्रिवनामा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परीअन्य ८ जना घाईते भएका छन् । घाइतेहरुको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र अन्यको धरानमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।