सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह

| 2024 Oct 02 | 08:52 am 377

काठमाडौँ, आश्विन १६ / जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीको तरहरा र आसपासको क्षेत्रमा अहिले अत्याधिक वर्षा भइरहेको छ। यस क्षेत्रमा थप वर्षा हुने पनि सम्भावना छ।

विभागका अनुसार निरन्तर ठूलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ।

यस क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.