सुनसरीमा बाढीपहिरोले दर्जनौँ घरमा क्षति

| 2025 May 31 | 12:58 pm 529

काठमाडौँ १७ जेठ / आज शनिबार बिहानै देखि परेको अविरल वर्षाले सुनसरीका विभिन्न स्थानका धेरै घरमा क्षति पुगेको छ। पहिरोले धरान उपमहानगरपालिका-१३ स्थित तुला लिम्बुको घर भत्काइदिएको छ। पहिरोले घर भत्काइदिएपछि लिम्बुको परिवार पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अविरल वर्षाको कारणले धरान–६ पानबारीस्थित शेरा सूचना बस्तीमा शेरा खोलाको बाढी पसेर आधा दर्जन घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानका सेउती र सर्धु खोलामा आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खोला किनाराको जग्गा ओगटेर निर्माण गरिएका घरहरू बाढीको उच्च जोखिममा परेका छन्। बाढीले खानेपानीको पाइप समेत बगाएको बताए। बाढीले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले क्षति पुर्‍याएको स्थानबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा राखिएको छ । यस्तै चतरादेखि बराहक्षेत्र मन्दिर जाने सडकमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.