सुनसरीमा फल्यो कालो गहुँ

| 2021 Apr 13 | 09:43 am 2509

सुनसरी, चैत ३१ः जिल्लाको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ ।

मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उनले बताए ।

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए । उजका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो ।

मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ । मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए ।

यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छरेका थिए । उनले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपियाँमा किनेका थिए । त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् ।

जानकारहरूका अनुसार कालो गहुँमा एन्थोसायनिनको मात्रा सामान्य गहुँको तुलनामा प्रतिमिलियन १४९ बढी हुन्छ । योसँग उच्च जिङ्क तत्व पनि रहेको हुन्छ । कालो गहुँमा रहेको इथोसाइनिनको कारण सुगर फ्री हुन्छ । जानकारीअनुसार स्टार्च पनि कम हुन्छ । यस्तो अवस्थामा कालो गहुँको रोटी उपभोग गर्दा मधुमेहका बिरामीलाई फाइदा हुन्छ । कालो गहुँको रोटी खाँदा पाचन क्षमता पनि छिटो बढ्छ ।

विज्ञहरूले कालो गहुँका धेरै फाइदा भएको बताउँछन् । उनीहरूका अनुसार कालो गहुँमा अनुसन्धान अझै भइरहेको छ । यद्यपि यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसले क्यान्सरका बिरामीलाई फाइदा पुर्याउँछ । कालो गहुँ क्यान्सर रोकथाममा फाइदाजनक हुने विज्ञहरूको दाबी छ । यसले बोसोको मात्रा पनि कम गरी मोटोपन घटाउँछ । गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.