सुनसरीमा गोली चल्‍यो: एक जनाको मृत्‍यु

| 2018 Nov 21 | 10:00 am 2057

विराटनगर, मंसिर ५ : सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ ।

अज्ञात समूहले दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर मोहम्मद फिदा हुसेनको बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।

सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको जानकारी दिए ।

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.