काठमाडौँ, मंसिर २४ – नेकपा एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका सुनसरी रामधुनी नपा–७ का वडाध्यक्ष केशव गौतम परस्त्रीसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
स्थानीय नेता रहेका वडाध्यक्ष गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए। वडाध्यक्ष गौतमलाई ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए ।