सुनचाँदी नगदसहित भारतीय नागरिक पक्राउ

| 2023 Dec 05 | 07:25 am 301

काभ्रेपलान्चोक, मङ्सिर १९ गते । इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।

प्रहरीले विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, श्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र  बाइस हजार भारतीय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । बरामद सुन र चाँदी जस्तो देखिने धातु, श्रोत नखुलेको रकमसहित विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

( गोरखापत्रबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.