काठमाडौँ ०४ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य घटेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबिच चाँदी तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।