सुनचाँदीको मूल्य घट्यो

| 2024 Sep 02 | 10:53 am 597

काठमाडौँ १७भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आज आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.