सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य यसप्रकार रहेको छ

| 2025 May 29 | 11:24 am 549

काठमाडौँ १५ जेठ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय ९५ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.