काठमाडौं २५ असार / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।