सुनको मूल्य हालसम्मकै उच्च

| 2024 Jul 16 | 01:26 pm 557

काठमाडौं १ साउन । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.