काठमाडौँ, २१ कार्तिक / नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
आज सुन ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन मंगलबार सुन एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।