सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा काराेबार

रिपोर्ट नेपाल | 2022 Aug 17 | 12:07 pm 1869

काठमाडौं, भदौ १ः सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २१० कायम रहेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.