सुनको मूल्य पाँच वर्ष यताकै उच्च, प्रतितोला ६३ हजार तीन सय रुपैयाँमा कारोबार

रिपोर्ट नेपाल | 2019 Feb 20 | 05:00 pm 1918

काठमाडौं, फागुन  ८ :  सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । आज सुन ५ वर्षपछिकै महंगो भएको हो । मंगलवार ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

यसअघि २ हजार ७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज ६३ हजार ३ सय पुगेको हो ।

चीन र अमेरिकाबीचको व्यापारिक तनाव र अमेरिकामा घोषणा गरिएको संकटकालका कारण डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढेका कारण महंगो भएको बताइएको छ । त्यसैगरी तोलामा ५ रुपैयाँ बढेर आज चाँदीको मूल्य ७ सय ८५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.