सुनको मूल्य छ सयले बढ्यो

| 2024 Apr 08 | 12:42 pm 593

काठमाडौँ २६ चैत / स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ मा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्यमा  तोलामा एक हजार छ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.