काठमाडौँ, १२ कार्तिक / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ।
छापावाल सुन प्रतितोला आज एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४ सय रुपैयाँ कायम भएको थियो।यो भाउ अहिलेसम्मकै उच्च हो।
चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।