सुनको मूल्यमा नयाँ रेकर्ड

| 2024 Sep 11 | 11:36 am 465

काठमाडौँ २६ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । बुधबार एक हजार रुपियाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपियाँ कायम भएको हो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा एक हजार ७६५ रुपियाँ कायम भएकोमा बुधबार बढेर एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.