सुनको भाउ ताेलामा २ हजार ३ सय रुपैयाँले घट्याे

रिपोर्ट नेपाल | 2021 Jan 10 | 01:12 pm 2101

काठमाडाैं, पुस २६ः आइतबार सुनको भाउ ताेलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९३ हजारमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो शुक्रबारकाे तुलनामा २ हजार ३०० ले कम भएकाे हो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  यस्तै चाँदी भने तोलामा रु ६० र ले ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३३० मा शुक्रबार कारोवार भएको चाँदी आज भने एक हजार २७० मूल्य निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.