काठमाडाैं, माघ ४ः एक महिलाकाे सुनकाे सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङ रहेका छन् ।
उनलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले एक महिलाकाे डेड ताेलाकाे सुनकाे सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायकाे सुनकाे सिक्रि लुटेराले तानेर फरार भएका थिए ।
प्रहरीलाई महिलाकाे सुनकाे सिक्रि लुटपाट भयाे भने सुचना प्राप्त गर्न साथ केही घण्टामै प्रहरीले सुनकाे सिक्रि लुटेर भाग्दै गर्दा पक्राउ गरेकाे बताएको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएकाे बताइएकाे छ ।