सुनकाण्डमा संलग्‍न प्रहरी अख्तियारको छानबिनमा

| 2018 Jun 13 | 06:36 am 3383

काठमाडौं, जेठ ३०: साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो।

आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन सुरु भएको बताए।

उनीहरूविरुद्ध आयोगमा विभिन्न व्यक्तिबाट उजुरी दर्ता हुनुका साथै सरकारी वकिलको कार्यालय मोरङबाट छानबिन गर्न आग्रह गरेको अख्तियारले जनाएको छ। सोमबारदेखि नै उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ। अख्तियारले उनीहरूविरुद्ध अकुत सम्पत्तिको छानबिन गर्दा गृह मन्त्रालयको अनुसन्धानमा कुनै असर नपर्ने जनाएको खबर नयाँ पत्रिका दैनिकमा छ ।

सम्पत्ति शुद्धीकरण विभागले सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उपे्रती गोरेसहित तीनजनाविरुद्ध अनुसन्धान थालेको छ । अभियुक्तहरू चुडामणि उप्रेती, छिरिङ वांगेलविरुद्ध गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो । छानबिनका क्रममा गृह मन्त्रालयको अनुसन्धान प्रतिवेदनलाई समेत आधार मान्ने विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.