मोरङ, २० जेठ : । साढे ३३ केजी सुन तस्करी प्रकरणका महत्वपूर्ण सदस्य मानिएका छिरिङ वाङ्गेललाई जेल चलान गरीएको छ ।
आइतबार जिल्ला अदालत मोरङमा उनले आत्मासमर्पण गरेपछि अदालतले उनलाई बयान लिएको थियो । बयानपछि उनलाई अदालतले पुर्पक्षका लागि जेल गरेको छ ।
सुन ओसार पसारमा महत्वपूर्ण भूमिका खेल्दै आएका भनिएका वाङ्गेल तस्करी गरि ल्याइएको साढे ३३ केजी सुन हराएदेखि नै वेपत्ता थिए ।यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।