सुदूरपश्चिम सरकारद्वारा ‘नेपाल आइडल’ रवि वड सम्मानित

रिपोर्ट नेपाल | 2018 Dec 24 | 06:58 pm 2192

धनगढी, पुस ९ : नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो ।

स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले अवसर पाएमा पछाडि पारिएको व्यक्तिले गर्न सक्छ भन्ने पुष्टि गरेको बताए । मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र कलाको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।

‘प्रतियोगिता आयोजना गर्ने संस्थालाई धन्यवाद छ’, उनले भने, ‘ग्रामिण बस्तीको कलाहरुलाई अगाडि ल्याएको छ ।’ उनले कला संस्कति उजागर गर्न प्रदेश सरकार गम्भीर भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको माया सद्भाव ले गर्दा आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.