सी र देउवाको भेट आजै साँझ

| 2019 Oct 12 | 03:05 pm 1884

काठमाडौं, २५ आसोज :  चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार काठमाडौं आइपुग्नेछन् । र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् ।

त्यसअघि देउवाले राष्ट्रपति सीलाई भेट गर्ने तय भएको छ । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भेट तय भएको पुष्टि गरे ।

साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय भएको छ । त्यसपछि पुन: होटल सोल्टी फर्किने सीले सवा ७ बजे पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने तय भएको हो ।

काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार सीसँग भेट्न सभापति देउवा एक्लै जाने निश्चित भएको छ ।

सी-देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.