काठमाडाैं, असार ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको शुक्रवार प्रतिनिधि सभा बैठकमा बताएका छन्
उनले भने ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको छ । अहिलेसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् र यो विषयमा सरकार गम्भीर रहेको छ ।
‘चालु आ.व. मै १० वटा बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुने प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।