सीमा क्षेत्रमा लागुऔषधविरुद्ध हेल्प डेस्क स्थापना

रिपोर्ट नेपाल | 2018 Jun 21 | 12:48 pm 4270

राजविराज, असार ७ : लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ ।

तिलाठी कोइलाडी– १ तिलाठीस्थित कुनौली सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो ।
सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्तरुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे ।

लागुऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिँदैछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।

प्रजिअ पौडेलले भारतसँगको खुला सीमाका कारण सप्तरीमा लागुऔषध प्रयोगकर्ता बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीमा लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताए ।

जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या भयावह रहेको बताउँदै भारतसँगको खुला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको उनले बताएका छन् ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागुऔषधविरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.