बेरुत, ४ असार : इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।
यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा सिरियाली लडाकू नभई सरकार समर्थित ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको छ ।
सिरियाली राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार यस आक्रमण इस्लामिक स्टेट्स् ९आइएस० आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई आक्रमण गरेका थिए ।
सिरियाली शासक पक्षलाई सहयोग गर्दै आएका अमेरिका र रुसआवद्ध सेनाले आइएसको बलियो प्रभाव रहेको प्रान्तको दैर इजोरको अल हारीमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका थिए ।
सिरियामा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्चबाट आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो ।