महेश सिंह
सिरहा, कात्तिक २५: अवैध लागूऔषधसहित तीन जनालाई प्रह्रीले पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ भिक्लाजुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउका ३० वर्षीय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर्षीय मो रियाज रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799 नम्बरको मोटरसाइकलमा आउँदै गरेको साथबाट प्रतिबन्ध औषधि नाइटरोभेट १४ पता, स्पासो ५ पता र गाँजा १० ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना र मोटरसाइकललाई आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारमा राखिएको प्रहरीले जानकारी दिए ।