सिरहामा मन्त्री मण्डलको भेटघाट सम्पन्न

रिपोर्ट नेपाल | 2021 Mar 12 | 09:19 pm 2445

  • महेश सिंह

सिरहा, फागुन २८ः सिरहाको लहानमा वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको कार्यकता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मन्त्री मण्डलका अनुसार कर्याकर्ताहरुलाई सचेत गर्दै पार्टी केन्द्रमा समायोजन भए पश्चात् स्थानीय तहमा समायोजन गरी जिल्ला समायोजनमा जाने बताए ।

No description available.

केन्द्रमा पनि पार्टी भित्र खिचातानी रहेको बताए । देशको समसामयिक घटना र विषय वस्तुमा चर्चा गरेका थिए । विकास निर्माणका काममा सिरहाको लहान सहिद चौक र पोकरीया गडमा विकासको काम अगाडि बढाएको बताए ।

पार्टीका निर्वाचित सांसद रेशम चौधरीलाई जेलबाट रिहा गरेन भने पार्टी धोस्त हुने सम्भावना रहेको बताए । नेता चौधरीलाई रिहा गर्न पार्टीको बाध्यता रहेको मन्त्री मण्डलले बताए ।

लहान नगरपालिका ७ स्थिति रहेको मदर ल्याण्ड स्कुलमा सिरहाको सम्बन्धित पार्टीका कार्यकर्ताहरुको भेट्घाट कार्यक्रम सम्पन्न भएको हो।

मन्त्री मण्डललाई सिरहामा भब्य स्वागत भएको पार्टीका केन्द्रीय सदस्य राकेश झाले बताए ।

अतिथिमाहरुमा मोहम्मद आलम, भरत साह, शत्रुधन मण्डल, राम प्रकाश महतो, दिपेन्द्र यादव, मोहम्मद गुलाब राईन, राम प्रवेश कामति सदाम, नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, हर्शित नेपाल पत्रीकाका सम्पादक बिरेन्द्र प्रसाद नेपाल, फुलवारी सन्देश अन्लाईन तथा मकालु टेलिभिजनका सिरहा सम्वादाता शम्भु चौधरी, जनकपुर टुडे पत्रिका र हिमाल टाइम्स दैनिकका सिरहा सम्वादाता रोहित मण्डल लगायतका पत्रकारहरुको सहभगिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.