सिरहामा ट्रकले भ्यानलाई ठक्कर दिँदा ३ को मृत्यु, दर्जन भन्दा बढी घाईते

रिपोर्ट नेपाल | 2019 Jul 02 | 06:16 pm 1671

  • महेश सिंह महतो

सिरहा असार १७:  ‌लहान नगरपालिका पड्रियास्थित चोकमा बुधबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा दुई महिलासहित ३ जनाको मृत्यु भएको छ। एकको अवस्था गम्भीर रहेको छ भने म्याजिकमा सवार दर्जनभन्दा बढी मानिस घाईते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिई दुर्घटना भएको हो ।

ठक्करबाट म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य १५ जना घाईते भएको र घाईतेहरुलाई उपचारको लागि लहानस्थित रामप्रसाद उमाप्रसाद मरारक स्मारक अस्पताल तथा नर्सिङ होमहरुमा पठाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.