महेश सिंह सिरहा, कात्तिक २९ः लहानमा एम्नेस्टि ईन्टनेशनल नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ। संस्थाको जिल्ला संयोजक रिता महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।
कार्यक्रमको अतिथिहरुमा अपांग पुनर्स्थापना केन्द्र लहानका संयोजक संजय अग्रवाल, श्रेया पोलिकिल्नि र उतिम लाल मेमोरीयल अस्पतालका संचालक तथा महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह, नेकपाका नेता तथा समाजसेवी शिवशंकर महतो, लहान नगरपालिका २४ का वडा अध्यक्ष कमल देब यादव, पत्रकार महेश सिंह, महिला अधिकारकर्मि तथा पत्रकार एलिना चौधरी, कामना नर्सिङ होम लहानका संचालक रोशन कुशवाहा, सञ्चारकर्मी बिल्टु सिंह, समाजसेवी राम बाबु महतो नेपाल विद्यार्थी संघको विद्यार्थी नेता मुकेश महतो लगायतका सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल देब यादवले भने अधिकारबाट पीडित पक्ष मानव अधिकारको सेवा र बन्चित भएका ब्यतक्तिहरूको मानव अधिकारको सहानुभूति गरियोस भनी उनले बताए।
महिला अधिकार कर्मि तथा पत्रकार एलिना चौधरीले अतिथिको आसनबाट बोल्दै संस्थाले पीडितलाई अधिकार दिलाउन सकोस् भन्दै महान पर्व छठ र दिपावलीको शुभकामना दिएका थिए।
संस्थाका सदस्य शिवशंकर महतोले भने आफू राजनीति गरिरहदा सिरहामा पीडित मानवको कार्य गर्न आग्रह गरेका थिए। यस्तो संस्थाको सदस्यता बन्न पाउदा आफू खुशि छु भन्दै सहभागी सम्पूर्णलाई सुभकाना दिएकी थिइन् ।
कार्यक्रमको प्रथम साधारणबाट नयाँ कार्य समिति गठन गरेका छन्। नयाँ कार्य समितिमा संयोजक रिता महतो, सह संयोजक एलिना चौधरी, हिङमाङ, सचिब मुकेश महतो, सह सचिब मोहम्मद नईम खान, कोषाअध्यक्ष राम बाबु महतो, सदस्य महेश कुमार महतो, बिल्टु सिंह, बबिता कुमारी मिश्र, सुनिता महतो, लगायतका समिति च्यन गरेका आयोजकले जानकारी दिए ।