- महेश सिंह
सिरहा, माघ २२: जिल्लाको लहान नगरपालीका ३ अस्पताल चौक स्थित अन्लाईन होटल संचालनमा आएको छ ।

संचालक अनिल चौधरीको अध्यक्षतामा अन्लाईन होटलको समुद्घाटन भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी सिरहा क्षेत्र नं. १ (क) को प्रदेश सभा सदस्य लगनलाल चौधरीले रिबन काटेर शुभारम्भ गरेका थिए ।
प्रमुख अतिथि चौधरीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिरहा र सप्तरीमा धेरै होटलहरु रहेका छन्, त्यस मध्ये यस होटलले अरु भन्दा फरक किसिमको योजना र सेवाहरु दियो भने यो होटल तिर सेवाग्रही आकर्षण हुने बताए ।
त्यस्तै यो होटलमा नयाँ किसिमका खाने कुराहरु राख्यो भने होटलले केही समयमै व्यवसायमा छलाङ्ग मार्ने चौधरीले बताए ।
अन्य अतिथिहरुमा स्थानीय पत्रकार महेश सिंह ,अनिल चौधरी ,दुर्गा चौधरी ,नेमान होटेलको होटेल म्यानेजर पृतम चौधरी रहेका थिए ।
कार्यक्रमको संचालन पत्रकार सम्भु चौधरीले गरेका थिए।