सिरहाकाे मालपोत कार्यालयमा बम विस्फोट

रिपोर्ट नेपाल | 2021 Mar 14 | 01:59 pm 2861

सिरहा, चैत १ः जिल्लाकाे लहानस्थित रहेको मालपोत कार्यालयमा आइतबार बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्माले बताए ।

अन्दाजी १२ः४० बजेको समयमा बम विस्फोट भएको  डीएसपी  शर्माले जानकारी दिए । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर घाइतेको उद्धार गरेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.