सिम्रन र अर्जुनको दशैंगीतलाई गायत्रीको साथ

| 2023 Oct 05 | 12:58 pm 5601

पच्छेपाती हुँदो रैछ भाविको लेखा नी

विहान त खाइयो बरै बेलुका के खानी

दशैं हो की दशा

हँसा दैव हँसा अझै शत्रु हसा

चाडपर्वहरुको पूर्वसन्ध्यामा अझ भनाै दशैंको मुखैमा युट्युवमा दशैं सम्बन्धी कारुणीक गीत सार्वजनिक भएको छ । जसमा गरिबीको बेदनालाई छताछुल्ल पारी पोखीएको छ । गरिबीका कारण चाडपर्वमा व्यहोर्नु परेको पीडाहरुलाई निकै कुशलताका साथ अर्जुन कुँवरले शब्द रचना गरेका छन् ।

धनीका लागि दशैं रमझम र रमणीय त होला गरीबका लागि दशैं ऋणमा चुर्लुम्म डुब्ने दशा बन्ने कुरामा दुईमत छैन् । त्यसैले त उक्त गीतमा भनीएको छ दशैं हो कि दशा । शत्रुहरुको नजरमा जसोतसो राम्रै देखिनका लागि ऋण धन गरेर मनाईने दशैंले गरीबका शत्रुहरु तैपनि हास्ने गरेको गितमा झल्काइएको छ ।

गितलाई बजारमा ल्याएको शिवदर्शन फिल्मस् प्रा.लीकी प्रबन्ध निर्देशक गुल्मीको दोहोलीमा जन्मिएर थुप्रै गरिबको दशैं र दशा हेरेकी गायत्री थापा वास्तवमा उनी आफै कलाकार भएका कारण देशका कुना कुनामा पुग्दा देखेका दु:ख र बेदनाका गीतलाई स्थान दिंदै आएकी छिन् ।

गायत्री थापाले जसरी दु:ख र बेदनाका गीतलाई प्राथमिकतामा राखेर स्थान दिने गरेकी छन् त्यसैगरी आफूसक्दो दु:खी र गरीबको पीडामा मल्हम लगाउने कार्य पनि गर्दै आएकी छिन् ।

गीतलाई जीवन्तता प्रदान गर्नका लागि चर्चित नव गायीका सिम्रन परियार र अर्जुन कुँवरले सुमधुर स्वरले आम स्रोतासामु प्रस्तुत गरेका छन् ।

गित सुन्न तल क्लिक गर्नुहोस् :

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.