बारा, चैत्र २४ः जिल्लास्थित रहेकाे सशस्त्र प्रहरी बल १२ न. गणले सिमा ईलाकामा आफ्नो उपस्थिती मजबुत बनाएको छ । सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सिमा ईलाकामा हाल सम्म १ सय २० भन्दा बढी जनशक्ती नियमित पारिचालन भन्दा बढी जनशक्ती परिचालन गरेको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए ।
बारा जिल्लामा सिमा नाकामा हाल ७ वटा बिओपी मार्फत नियमित रुपमा सिमा सुरक्षा तथा राजस्व सन्कलन चोरी निकासी पैठारि नियन्त्रणको कार्य गर्दै आइरहेको छ ।

सात बिओपीमा जनशक्ती थप गरी लकडाउन सफल पार्न तथा कोरोना संक्रमित तथा कोही पनि ब्यक्तिहरु सिमा नाकाबाट आवतजावत नगरुन भनी सिमा नाकामा कडाइ गरिएको गणपती सुबेदीले बताए ।
सशस्त्र प्रहरिको जनशक्ती थपको लागि गृह मन्त्रालय मार्फत समेत अनुरोध गरिएको पुष्टि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले पनि गरे । प्रमुख जिल्ला अधीकारी पन्डितको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको सिमानाकाको निरीक्षण गरिएको छ ।
मटिअर्बा देखी पश्चिम छतवा सम्मको सिमानाकाको अनुगमन भएको मटिअर्बा बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीले बताए । कोरोना संक्रमण रोक्नको लागि शसस्त्र प्रहरी बल सिमा नाकामा सकृय भएर लागेको गणपती दिग बिजय सुबेदीले बताए ।
आईतवार मात्र सशस्त्र प्रहरी बलले जबर्जस्ती नेपाल प्रबेश गर्न खोज्ने तीन जना भारतिय मुस्लिम धर्मावलम्बिहरुलाई नियन्त्रणमा लियी समकक्षि एस्एसबीलाई बुझाएको थियो ।