सिफारिस गरिएका न्यायाधीश हिरा भएको राणाको दावी

रिपोर्ट नेपाल | 2019 Apr 07 | 08:30 am 1676

काठमाडौं, चैत्र २४ : प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले हाम्रो मान्छेलाई भन्दा राम्रो मान्छेलाई सिफारिस गरेको दावी गरेका छन् ।

काठमाडौंमा आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको बताएका थिए ।

प्रधानन्यायाधीश जबराले आफूले थुप्रै संख्याकोबीचबाट न्यायाधीश छान्दा हिराको खोजी गरेर सिफारिस गरेको दावी गर्दै अनावश्यक रुपमा टिकाटिप्पणी र विवाद नगर्नसमेत आग्रह गरेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन्। उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजकुमार तत्कालीन पुनरावेदन अदालत बुटवलका अतिरिक्त न्यायाधीश’ नियुक्त भएका थिए। संविधान आएसँगै अतिरिक्त न्यायाधीशको पद खारेज भएपछि उनी स्वतः हटेका थिए।

प्रधानन्यायाधीश जबराले ‘न्याय परिषद्ले पटकपटक सम्मान गरेका न्यायाधीशलाई आफूले चाहेर पनि उच्च अदालतमा ल्याउन नसकेको गुनासो गरेका थिए। न्यायाधीश समाजका संरक्षकसमेत रहेका जवराले सम्पूर्ण न्यायाधीशहरुको सहयोग बिना आफू अगाडि बढ्न नसक्ने भएकोले सहयोग गर्न समपूर्ण न्यायाधीशहरुसँग आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.