सिन्धुलीको बीपी राजमार्गमा स्कार्पीयो दुर्घटना एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jan 31 | 12:28 pm 1881

सिन्धुली, माघ १७: बिहिबिार सिन्धुलीको बीपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका– ५, खनियाखर्कमा स्कार्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कन्चनपुर नगरपालिका– ६ निवासी ३२ वर्षीय सुर्यन्द्र नारायण चौधरी रहेकोको प्रहरीचौकी, गढीले जानकारी दिएको छ ।

सप्तरीबाट काठमाडौँ जाँदै गरेको स १ च १००९ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चौधरीको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी सोही ठाउँ निवासी वर्ष ३० का महमद अफरोज गम्भीर घाईते भएका छन् । घाईते अफरोजलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी सप्तरीको कन्चनपुर नगरपालिकाका सहलेखापलन समेत रहेको प्रहरीले जनाएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.