सिन्धुपाल्चोकमा कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

| 2020 Feb 12 | 01:45 pm 3177

सिन्धुपाल्चोक, माघ २९: जिल्लाको जुगल गाउँपालिकामा ३ गुम्बामा केही दिनयता फैलिएको भइरल सरुवा रोग कोरोना भाइरस नभएको जानकारी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो।

रोग फैलिएसँगै गाउँपालिकाले मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

जुगल गाउँपालिका ३ गुम्बा गाउँमा देखिएको भनिएको रोग सामान्य रुघाखोकी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

उनले त्यहाँका कोही पनि गाउँलेलाई कोरोनाको संक्रमण नभएको बताएका छन्। उक्त क्षेत्रमा फैलिएको भाइरल रुघा खोकी कोरोना नभई सिजनल फ्लु रुघाखोकी भएको श्रेष्ठले बताए ।

अहिले प्रभावित स्थानमा जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको र आवश्यक परे काठमाडौंबाट पनि स्वास्थ्यकर्मी पठाउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.