सिन्धुपाल्चाेकमा फेरि बाढीपहिराे, १८ घर बगाउँदा सबै बेपत्ता

रिपोर्ट नेपाल | 2020 Sep 13 | 07:51 am 4323

सिन्धुपाल्चोक, भदाै २८ः  गएराती सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा बाढीपहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । बाढीपहिराेले १८ घर बगाएको छ ।  ती घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर तथा किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

स्थानीय श्याम गोलेले बताए अनुसार ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको बताए। अहिले घटनास्थलमा प्रहरी जाँदै गरेकाे र स्थानीय बासिन्दाहरू बेपत्ताहरूकाे खोजी कार्यमा जुटेका छन् ।

पटकपटक बाढीपहिरो आउँदा सिन्धुपाल्चाेकमा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते  लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.