सिनुरीयामा मनकारी वृद्धले गरे बिपन्न परिवारमा राहत वितरण

रिपोर्ट नेपाल | 2020 Jun 02 | 05:07 pm 1720

  • महेश सिंह

सिरहा, जेठ २०ः सिरहाको भगवानपुर गाउँपालिका १ सिनुरीयामा एक स्थानीय मनकारी वृद्धले गाउँपालिकाले वितरण गरेको राहतबाट बन्चित र छुटेकाहरुलाई ब्यक्तिगत रुपमा राहत वितरण गरेका छन् ।

स्थानीय ९० बर्षीय वृद्ध गोबिन्द साह र जलेश्वरी देवी साहकि जोडीले २ सय ५० घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरेकाे हाे। मैले दान गरेको अन्नले कोरोनाको कहरमा फसेको र लकडाउनबाट प्रभावित भएको अतिबिपन्न परिवारलाई दुई छाक खान पुगोस भन्ने जलेश्वरी देवी साहको उदेश्य रहेकाे छ।

गाउँपालिका भरीमा ब्यक्तिगत रुपमा राहत उपलब्ध गराउनमा अग्रसर रहेका छन् । राहतमा प्रति घर घुरी चामल ५ किलो, नुन १ पोका नगद १ सय रुपैयाँ दिई सहयाेग गरेका छन् ।

समाजसेवि सतेन्द्र कुमार साहको विशेष पहलमा राहत वितरण गरेको बताए । वडा नम्बर १ का अतिबिपन्न, गरिब, दलित, अपांग, एकल महिला, वृद्ध लगायतका पीडितले राहत पाएका छन् ।

राहत वितरण गरिएकाे ठाँउमा समाजिक दुरी कायम गरी राहत वितरणको ब्यवस्था मिलाएरको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.