सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 11 | 11:58 am 2069

काठमाडौं, माघ २८ : काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

सोमबार बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा लगिएको थियो । उनको अस्पताल पुर्‍याएलगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.